क्षयरोग नियन्त्रणका लागि सहकार्य गर्न जी २० को आह्वान « Khabarhub

क्षयरोग नियन्त्रणका लागि सहकार्य गर्न जी २० को आह्वान


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रको समूह जी २० का स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् ।

कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् ।

सदस्य देशका स्वास्थ्यमन्त्रीको इण्डोनेशियाको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औषधि बढीभन्दा बढी उत्पादन गर्ने तथा त्यसविरुद्धको खोप उत्पादनमा उपयोग गरिने बताएका छन् ।

सन् २०३० सम्ममा विश्वबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न जी २० को प्रयास सार्थक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ५३ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा