भतिजाको खुकुरी प्रहारबाट काकाको मृत्यु  « Khabarhub

भतिजाको खुकुरी प्रहारबाट काकाको मृत्यु 


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा भतिजाको खुकुरी प्रहारबाट काकाको मृत्यु भएको छ । वादविवादका क्रममा शनिबार ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार  गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको मृत्यु भएको हो । 

खुकुरीले गर्दनमा लागेका राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए । मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई प्रहरीले पक्राउ गरेको छ । घट्नापछि काकालाई खुकुरी प्रहार गरेको भन्दै खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

काका भतिजाको आँगन एउटै छ । घट्ना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको हो । परिवारका सदस्य बाहिर रहेका र मानबहादुर घरमा एक्लै बस्दै आएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ४ : ५० बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको