कैलालीको चौमालामा आगलागी, चार पसल जलेर नष्ट « Khabarhub

कैलालीको चौमालामा आगलागी, चार पसल जलेर नष्ट


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा आगलागी भएको छ । शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ ओटा पसल जलेर नष्ट भइसकेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको र अहिलेसम्म नपुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी र म्यादि प्रहरीसमेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य गरिरहेको बताइएको छ । विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ३५ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल