खुकुरी प्रहार गरी भतिजाले गरे काकाको हत्या « Khabarhub

खुकुरी प्रहार गरी भतिजाले गरे काकाको हत्या


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले आज प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । घटनापछि पत्थरमानले काका मानबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै रगताम्मे भएको खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

मृतक काका र भतिजाको आँगन एउटै छ । घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको स्थानीय बासिन्दा एवं राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राईले बताए । परिवारका सदस्य बाहिर रहेका मृतक मानबहादुर घरमा एक्लै बस्दै आएका थिए । एक्लै भएको समयमा हत्या गरिएका मानबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगेर राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन