दमकलाई हराउँदै बेलाबारी सेमिफाइनलमा « Khabarhub

दमकलाई हराउँदै बेलाबारी सेमिफाइनलमा


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– पथरी शनिश्चरेमा जारी पिट्सवर्ग च्यालेन्ज कपको दोस्रो खेलमा बेलबारी फुटबल क्लब बेलबारी विजयी भएको छ । भुट्निज युथ क्लब बेलडागी दमकलाई एकका विरुद्ध दुई गोल गर्दै बेलबारी विजयी भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बेलबारी एफसीका विल्सन गिरीले खेलको २१ मिनेटमा गोल गर्दै अग्रता लिए । पहिलो हाफमा १–० गोलले पछि रहेको भुट्निज युथ क्लब बेलडाँगी दमकले खेलको ६५औँ मिनेटमा अर्को गोल खान पुग्यो । मैदानको बीच भागबाट पाएको पासमा बेलबारीका निशान लिम्बूले किपरलाई विट मार्दै उत्कृष्ट गोल गरेका थिए ।

भुट्निज युथ क्लब बेलडाँगी दमकका लागि खेलको ९३औँ मिनेटमा एक मात्र सान्त्वना गोल नवीन विश्वकर्माले गरेका थिए । खेलको म्यान अफ दी म्याच बेलबारी फुटबल क्लबका मैसम लिम्बू घोषित भए । लिम्बूलाई प्रतियोगिताको विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले नगद रु दुई हजार पाँच सयका साथ ट्रफी पदान गर्नुभयो । पथरीशनिश्चरे वडा नं १० को प्रस्तावित रङ्गशालामा सञ्चालन भइरहेको खेलअन्तर्गत आइतबार पथरी शिविर र लेटाङ एफसीबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु दुई लाख एक हजार र उपविजेताले रु एक लाख एक हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सात विधाका उत्कृष्ट खेलाडीलाई रु पाँच हजारदेखि रु सात हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने खेल संयोजक गणेश थक्लुङले जानकारी दिनुभयो ।

यही कात्तिक ११ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा झापा र मोरङका आठ टोली सहभागी छन् । प्रतियोगितामा दमक एकेडेमी, पथरी–११ एफसी, चारतारे एफसी ९लेटाङ०, भुटानी शरणार्थी शिविर पथरी शनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय सहभागी छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ०० बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा