दमकलाई हराउँदै बेलाबारी सेमिफाइनलमा « Khabarhub

दमकलाई हराउँदै बेलाबारी सेमिफाइनलमा


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– पथरी शनिश्चरेमा जारी पिट्सवर्ग च्यालेन्ज कपको दोस्रो खेलमा बेलबारी फुटबल क्लब बेलबारी विजयी भएको छ । भुट्निज युथ क्लब बेलडागी दमकलाई एकका विरुद्ध दुई गोल गर्दै बेलबारी विजयी भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बेलबारी एफसीका विल्सन गिरीले खेलको २१ मिनेटमा गोल गर्दै अग्रता लिए । पहिलो हाफमा १–० गोलले पछि रहेको भुट्निज युथ क्लब बेलडाँगी दमकले खेलको ६५औँ मिनेटमा अर्को गोल खान पुग्यो । मैदानको बीच भागबाट पाएको पासमा बेलबारीका निशान लिम्बूले किपरलाई विट मार्दै उत्कृष्ट गोल गरेका थिए ।

भुट्निज युथ क्लब बेलडाँगी दमकका लागि खेलको ९३औँ मिनेटमा एक मात्र सान्त्वना गोल नवीन विश्वकर्माले गरेका थिए । खेलको म्यान अफ दी म्याच बेलबारी फुटबल क्लबका मैसम लिम्बू घोषित भए । लिम्बूलाई प्रतियोगिताको विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले नगद रु दुई हजार पाँच सयका साथ ट्रफी पदान गर्नुभयो । पथरीशनिश्चरे वडा नं १० को प्रस्तावित रङ्गशालामा सञ्चालन भइरहेको खेलअन्तर्गत आइतबार पथरी शिविर र लेटाङ एफसीबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु दुई लाख एक हजार र उपविजेताले रु एक लाख एक हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सात विधाका उत्कृष्ट खेलाडीलाई रु पाँच हजारदेखि रु सात हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने खेल संयोजक गणेश थक्लुङले जानकारी दिनुभयो ।

यही कात्तिक ११ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा झापा र मोरङका आठ टोली सहभागी छन् । प्रतियोगितामा दमक एकेडेमी, पथरी–११ एफसी, चारतारे एफसी ९लेटाङ०, भुटानी शरणार्थी शिविर पथरी शनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय सहभागी छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ०० बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा