युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप « Khabarhub

युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी सेनालेशनिबार क्रिमियास्थित ब्ल्याक सी क्षेत्रमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।हालैका महिनाहरूमा धेरै पटक लक्षित गरिएको मस्कोको सहयोग रहेको क्रिमियाको सेवस्तोपोलमा हालैका महिनाहरूमा धेरै पटक आक्रमणको निशाना बनाइएको हो । यो युद्धक विमानको मुख्यालय र युक्रेनमा युद्ध सञ्चालनको लागि सामान ओसारपसार गर्ने ठाउँ हो ।

बन्दरगाहमा शनिबार बिहानै गरेको आक्रमणमा नौवटा हवाई ड्रोन र सातवटा सामुद्रिक ड्रोन ‘नष्ट’ गरेको दाबी रुसी सेनाले गरेको छ ।मस्कोको सेनाले दक्षिणी युक्रेनी शहर ओचाकिभमा रहेका बेलायती ’विशेषज्ञहरू’ले कीभलाई आक्रमणका लागि तयारी र प्रशिक्षण दिन सहयोग गरेको आरोप लगाएको छ ।

यसैबीच मस्कोले गत महिना नोर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा सोही बेलायती एकाइको संलग्नता रहेको बताएको छ ।

मस्कोको सेनाले क्रिमियाली शिबिरमा लक्षित विमानहरू संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनी खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौतामा संलग्न रहेको बताएको छ ।

रुसले हालै उक्त सम्झौताको आलोचना गर्दै पश्चिमा प्रतिबन्धका कारण आफ्नै खाद्यान्न निर्यातमा असर परेको बताएको थियो ।

आक्रमणबारे रुसको ‘झुटो दाबी’को बेलायती रक्षा मन्त्रालयको भनाइ

यसैबीच लण्डनबाट प्राप्त समाचार अनुसार बेलायतको रक्षा मन्त्रालयले नर्ड स्ट्रिम ग्यास पाइपलाइन र रुसी नौसेनाको ‘ब्ल्याक सी फ्लीट’मा भएको आक्रमणमा आफ्ना विशेषज्ञको संलग्नता रहेको रूसको दाबीलाई शनिबार अस्वीकार गरेको छ।

रक्षा मन्त्रालयले ट्विटमा भनेको छ, “युक्रेनमा भएको गैर–कानुनी आक्रमणको आलोचना गर्दछ । आफ्नो विनाशकारी व्यवस्थापनबाट विचलित रूसले पछिल्ला दिनमा झूटो दाबीलाई बढावा दिइरहेको छ ।”

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ०८ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल