प्रदेशसभाको समानुपातिकमा एमालेको अग्रता « Khabarhub

प्रदेशसभाको समानुपातिकमा एमालेको अग्रता


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश  १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ । बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा १८ लाख ४१ हजार चार सय ६१, बागमतीमा १६ लाख ८२ हजार चार सय ४४, गण्डकीमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा सात लाख ७८ हजार तीन सय चार मत गणना भएको छ । 

प्रदेश नं १ मा एमालेले पाँच लाख ९९ हजार नौ सय ५९, कांग्रेसले पाँच लाख तीन हजार एक सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८२ हजार नौ सय नौ र नेकपा (माओवादी केन्द्र)ले एक लाख ६८ हजार सात सय ३४ मत ल्याएको छ । मधेस प्रदेशमा कांग्रेसले सबैभन्दा बढी तीन लाख ५७ हजार नौ सय २२, एमालेले तीन लाख २१ हजार दुई सय १०, जनमत पार्टीले दुई लाख ६६ हजार आठ सय ३२, जनता समाजवादी पार्टीले दुई लाख ६२ हजार सात सय ४४ र माओवादी केन्द्रले एक लाख ६७ हजार ६७ मत ल्याएको छ ।

बागमती प्रदेशमा एमालेले पाँच लाख दुई हजार नौ सय २३, कांग्रेसले चार लाख २७ हजार दुई सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५७ हजार आठ सय ५७ र माओवादी केन्द्रले दुई लाख ३६ हजार पाँच सय ५९ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत पाएको छ । 

लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ । कर्णाली प्रदेशमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, कांग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले एक लाख ३७ हजार छ सय ३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ३३ हजार पाँच सय २०, कांग्रेसले दुई लाख २६ हजार एक सय ७० र माओवादी केन्द्रले एक लाख १३ हजार आठ सय ६३ मत पाएको आयोगले जनाएको छ । 

प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि एमालेको अग्रता देखिएको छ । हालसम्म ९६ लाख ७० हजार आठ सय ३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख सात हजार चार सय ७२ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७० हजार दुई सय ३४, माओवादी केन्द्रले ११ लाख नौ हजार सात सय ७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले पाँच लाख ५४ हजार सात सय ५७, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार सात सय ७३ र जनमत पार्टीले तीन लाख १६ लाख छ सय ५३ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : ५९ बजे

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले