लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक « Khabarhub

लैङ्गिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर– लैङ्गिक हिंसाबाट प्रभावितलाई जीविकोपार्जनका लागि जीवनोपयोगी तालिम आवश्यक रहेकामा जोड दिइएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा एबिसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत एबिसी नेपालसहित विभिन्न संस्था तथा व्यक्तिले यस्तो हिंसाबाट प्रभावितहरुलाई उनीहरुले जीवन धान्न सक्नेखालको उपयोगी तालिम दिएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । महानगरका कार्यवाहक प्रमुख प्रकाश साहले हिंसा प्रभावितहरुको जीविकोपार्जनका लागि उनीहरुलाई प्रभावकारी हुने तालिम प्रदान गर्नुपर्ने बताए । 

सीपमूलक तालिम लिएर पनि हिंसा प्रभावितहरुले आयआर्जन गर्न नसकेको अवस्था अहिले रहेको दृष्टान्तहरुमा छलफल गर्दै सहभागीहरुले उनीहरुले लिनसक्ने र समाजमा प्रभावकारी हुने सीप सिकाउनुपर्नेमा जोड दिइयो । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एबिसीकी अध्यक्ष विष्णु शर्मा पन्तले १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्यक्ष पाँचजनामध्ये एकजनामाथि हिंसा हुने गरेको तथ्यांक रहेको सुनाए । 

एबिसी नेपालले विराटनगरसहित ओखलढुङ्गा र उदयपुरका विभित्र पालिकामा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना सञ्चालन गरिरहेको र यसबाट २३ जनाले सेवा लिइरहेका छन् । सो अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्की, कानुन व्यवसायी कविता बस्नेत, महानगरको महिला तथा बालबालिकाका शाखाका प्रमुख डिल्ली धिमालले हिंसा प्रभावितलाई उनीहरुको रुचि र क्षमतालाई ध्यानमा राखेर तालिम दिन सकिएमा यसले उनीहरुको आयआर्जनमा सघाउ पुर्‍याउने धारणा राखे । 

एबिसी नेपालकी सेल्टर प्रमुख सिर्जनाभण्डारीले यस परियोजनाले गरेका कामकारबाहीका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  २ : ४० बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली