‘अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?’ « Khabarhub

‘अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?’


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासि कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे ।  

अध्यक्ष ओलीले भने, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिन्ह जस्तै यता पनि लिएर आएका छन् । अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो । त्यतातिर पनि केही होला । त्यतातिर नजाऔं ।’

अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घण्टी रहेको पाइएको छ । रास्वपा र अमेरिकन फ्रिडम पार्टीको लागो समेत उस्तै उस्तै रहेको पाइएको छ । उनले निर्वाचनमा सरकारले धाँधली गरेको समेत बताए ।

सर्वसाधारणमाथि धरपकड र गोली प्रहार गर्ने कार्य गरेर गठबन्धन सरकारले निर्वाचन पक्षपातपूर्ण बनाएको बताए । उनले थापाथलीस्थित सुकुम्बासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ४ : १६ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली