नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश « Khabarhub

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ –  नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । योसँगै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे । ​गाग्पोले खेलको २६औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । खेलको ४९औं मिनेटमा डी योङले गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम १६ मा पुर्‍याए । नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्यो । नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो ।

यस्तै आज भएको अर्को खेलमा इक्वेडरलाई हराउँदै सेनेगल पनि नकआउट चरणमा प्रवेश गरेको छ ।मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन समाइला कार र कालिउड कोलिबेले एक–एक गोल गरे । यता इक्वेडरका लागि मोसेइस काइकेडोले एक गोल गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ११ : ०८ बजे

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा