लता मङ्गेशकर २२ दिनदेखि आईसीयूमा « Khabarhub

लता मङ्गेशकर २२ दिनदेखि आईसीयूमा

स्वास्थ्यमा सुधार हुँदै


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतकी दिग्गज गायिका लता मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको छ।

मुम्बईको ब्रीज क्यान्डी अस्पतालमा २२ दिनदेखि भर्ना भएकी गायिका मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको अस्पताललाई उदृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ।

८ जनावरीमा कोरोना र निमोनिया भएपनि उनलाई अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना भएको पहिलो दिनदेखि नै उनको सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ।

स्वास्थ्यमा सुधार आएसँगै उनको भेन्टिलेटर सहयोग हटाइएको उपचारमा संलग्न डाक्टर प्रतीत समदानीले बताए। तर मङ्गेसकरको स्वास्थ्य निरीक्षणको लागि आइसीयूमै राखिएको पनि उनले बताए।

भारतीय सिनेमाको सबैभन्दा प्रसिद्ध गायिका लता मङ्गेशकरले १९४२ मा १३ वर्षको उमेरमा पहिलो गीत गाएकी थिइन्।

उनले अहिलेसम्म ३० हजारभन्दा धेरै गीत रेकर्ड गराएकी छन्। भारतले कला क्षेत्रमा उनको योगदानको लागि भन्दै २००१ म भारत रत्नबाट सम्मान गरेको छ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : ३० बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद