कोरोनाको नयाँ भेरियन्ट ‘नियोकोभ’: मानिसका लागि कति खतरा ? « Khabarhub

कोरोनाको नयाँ भेरियन्ट ‘नियोकोभ’: मानिसका लागि कति खतरा ?


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाकाले तेस्रो लहरले विश्व आक्रान्त भइराखेको बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने नयाँ भेरियन्ट ‘नियोकोभ’ को विषयमा अध्ययन थालेको छ। डब्लुएचओले यस विषयमा धेरै अध्ययन आवश्यक रहेको बताएको छ।

अनुसन्धानकर्ताले यो भाइरस जनावरमा तीव्र रुपमा फैलिएको बताएका छन्। चीनमा भएको अनुसन्धानले नियोकोभ भाइरस भेरियन्ट तीव्र रुपमा जनावरमा फैलिएको पुष्टि भएको हो।

अहिले जनावरमा फैलिएको यो भाइरस भविष्यमा मानिसमा सर्ने खतरा रहेको अनुसन्धानकर्ताले बताएका छन्। कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर किसिमका समस्या निम्त्याएको छ। शवासप्रश्वासमा हुने समस्याले मानिसको ज्यान जाने गरेको छ।

अध्ययनले यो भेरियन्ट मान्छेका लागि कति खतरनाक छ भन्ने निष्कर्ष निकालिसकेको छैन। यो विषयमा अध्ययन आवश्यक भएको डब्लुएचओलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

संक्रामक रोगको स्रोत जनावर
डब्लुएचओका अनुसार मानिसमा आउने सबै संक्रामक रोगको ७५ प्रतिशतभन्दा धेरै स्रोत जनावर हुन्।

अध्ययनले जंगली जनावर संक्रामक रोगका ठूला स्रोत भएको पुष्टि गरेको छ। कोरोनासमेत जनावरबाट मानिसमा फैलिएको भाइरस हो।

अध्ययनको अन्तिम समीक्षा आउन बाँकी भए पनि नियोकोभिडमा एक म्युटेशनपछि मानिका लागि खतरनाक बन्न सक्ने डब्लुएचओले जनाएको छ।

‘नियोकोभिडमा एक म्यूटेशनपछि मानिसको लागि खतरनाक बन्नसक्छ’, डब्लुएचओले भनेको छ, तर, यो अध्ययनको अन्तिम समीक्षा सार्वजनिक भइसकेको छैन।’

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ७ : १३ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट