अनुगमन गर्न पशुपतिनाथ पुगे पर्यटनमन्त्री आले (भिडियोसहित) « Khabarhub

अनुगमन गर्न पशुपतिनाथ पुगे पर्यटनमन्त्री आले (भिडियोसहित)


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् ।

आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।

अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली, गुहेश्वरी लगायतका क्षेत्रमा पुगेका थिए । सो क्रममा उनले पशुपति क्षेत्र भित्र निकै बिकृति देखिएको बताए । पशुपति बिकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए ।

उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रिका लागि छुट्टै स्थान बनाएपनि धर्मालम्वीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला बिक्रि गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए ।

उनले पशुपति क्षेत्रमा निशुल्क गाई पालनका लागि स्थान दिइएको प्रतिपनि आपत्ती जनाए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ४ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु