माओवादी दमकको एक वर्षे कार्ययोजना : जहाँ समस्या, त्यहाँ माओवादी « Khabarhub

माओवादी दमकको एक वर्षे कार्ययोजना : जहाँ समस्या, त्यहाँ माओवादी


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा माओवादी केन्द्र दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियान सुरु गरेको छ । पार्टीको महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन दमक नगर समितिले एक वर्षे कार्ययोजना ल्याउँदै ‘जहाँ समस्या, त्यहाँ माओवादी’को नारा ल्याएको हो । दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएका कारण पनि माओवादीले पार्टीको क्रियाशीलता बढाएको हो ।

पार्टीको संगठन सुधार गर्न र जनताको समस्यालाई प्रत्यक्ष सहभागितामा समाधान गर्न यो अभियानको सुरुवात गरिएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले जानकारी दिए । ‘हाम्रो आधार श्रमजीवी र सर्वहारा वर्गका जनता हुन् । उनीहरूको समस्यामा हामी अघि सर्नुपर्छ । उनीहरूको समस्याबाट भागेर पार्टी कहीँ पुग्दैन,’ बस्नेतले भने, ‘त्यही कारण यो अभियानको सुरुवात गरेका हौ । जनताका साना समस्यामा साथ दिनु हाम्रो दायित्व हो । पार्टीलाई वर्गीय महत्त्व राख्ने समस्या समाधान र कार्यक्रम निर्माणमा केन्द्रित गर्नेछौं ।’

यस्तै, माओवादी केन्द्रले एक वर्षे कार्ययोजना नगर समिति बैठकबाट पारित गर्दै स्वास्थ्य, शिक्षा वा रोजगारसँग सम्बन्धित कुनै पनि सामाजिक काममा प्रत्येक वडाले परिणाम देखिने गरी नेतृत्व लिनुपर्ने वा सहयोग गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधार, विकास निर्माणसँग सम्बन्धित कम्तीमा एक काम प्रत्येक वडाले सम्पन्न गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

महिनामा प्रत्येक वडाले कम्तीमा एक सय घरमा घरदैलोको कार्यक्रम गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिए । जसले माओवादीको संगठन सुदृढीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘प्रत्येक महिना र वाार्षिक रूपमा वडाहरूको कामको मूल्यांकन गरी पुरस्कृत गर्ने छौं,’ अध्यक्ष बस्नेतले भने, ‘पार्टी कमिटीमा अबद्धलाई कार्यप्रतिका मूल्यांकनसँग सम्बन्धित भएर हरियो, पहेँलो र रातो कार्डको व्यवस्था गरिनेछ ।’ माओवादीले दमकमा रहेका १० वटै वडामा एउटा वडमा कम्तीमा पाँच वटा टोल समिति निर्माण गर्ने उनले बताए ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ५ : २८ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट