आईपीएलः राजस्थान रोयल्सको विजयी सुरुवात « Khabarhub

आईपीएलः राजस्थान रोयल्सको विजयी सुरुवात


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ।

मंगलबार रातिको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आईपीएलमा विजयी सुरुवात गरेको हो।

राजस्थानले दिएको २११ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद ६१ रनले पराजित भएको हो। २११ रन पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनायो।

हैदरावादका लागि एडिन माक्रमले ५७ रनको अर्धशतकीय इनिङ खेले। उनको अर्धशतकीय इनिङले टिमलाई जित दिलाउन सकेन। उसका लागि वासिङ्गटन सुन्दर ४० र रोमारियो शेफर्टले २४ रन बनाए।

राजस्थानका युजभेन्द्र चाहलले तीन विकेट लिँदा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले दुईदुई विकेट हात पारे।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २१० रन बनाएको थियो। राजस्थानका कप्तान सन्जु सामसनले ५५ रनको अर्धशतकीय इनिङ खेले। देबदुत पडिकलले ४१, जोश बट्लरले ३५, शिम्रन हिटमयेरले ३२ रन जोड्दा यासभी जैशवालले २० रन बनाए।

हैदरावादका टी नटराजन र उम्रान मलिकले दुईदुई विकेट लिए। जितसँगै राजस्थानले दुई अंक जोडेको छ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : ४२ बजे

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका