सुर्खेतमा जिल्लाको निर्देशन मानेनन् पालिकाका उम्मेदवारले   « Khabarhub

सुर्खेतमा जिल्लाको निर्देशन मानेनन् पालिकाका उम्मेदवारले  


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्त्याइदिएका छन् । १६  वैशाखसम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो । मनोनयन फिर्ता नलिएपछि अब एक्ला एक्लै चुनाव लड्नुपर्ने अवस्था आएको हो।

भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनबीच सहमति भएको थियो । तर कांगेस, नेकपा माओवादी केन्द्रले पुरै सेटसहित मनोनयन दर्ता गरेका थिए । गठबन्धनविरुद्ध बागी मनोनयन दर्ता गरेका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरे पनि त्यसो नहुँदा जिल्लामा टुंगो लागेका स्थानीय तहबाहेक अरु सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको बताइएको छ ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्ला एक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ । छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्ता गठबन्धन दलहरूको सहमति भइसकेको छ ।

नलगाड नगरपालिकामा सहमतिअनुसार माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको थियो । माओवादीले प्रमुखमा मात्र मनोनयन दर्ता गरे पनि कांग्रेसले सबै पदमा उम्मेदवारी दिएपछि सहमति नभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता गरे पनि नगर प्रमुख, उपप्रमुख कसैले पनि फिर्ता लिएका छैनन् । कुशे गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन् ।

१५ वैशाखमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सत्ता गठबन्धनका नेताहरुले सहमति गरे पनि उम्मेदवारले त्यो कुरा नमान्दा सहमति बिथोलिएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ४९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी