सुर्खेतमा जिल्लाको निर्देशन मानेनन् पालिकाका उम्मेदवारले   « Khabarhub

सुर्खेतमा जिल्लाको निर्देशन मानेनन् पालिकाका उम्मेदवारले  


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्त्याइदिएका छन् । १६  वैशाखसम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो । मनोनयन फिर्ता नलिएपछि अब एक्ला एक्लै चुनाव लड्नुपर्ने अवस्था आएको हो।

भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनबीच सहमति भएको थियो । तर कांगेस, नेकपा माओवादी केन्द्रले पुरै सेटसहित मनोनयन दर्ता गरेका थिए । गठबन्धनविरुद्ध बागी मनोनयन दर्ता गरेका उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरे पनि त्यसो नहुँदा जिल्लामा टुंगो लागेका स्थानीय तहबाहेक अरु सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको बताइएको छ ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्ला एक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ । छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्ता गठबन्धन दलहरूको सहमति भइसकेको छ ।

नलगाड नगरपालिकामा सहमतिअनुसार माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको थियो । माओवादीले प्रमुखमा मात्र मनोनयन दर्ता गरे पनि कांग्रेसले सबै पदमा उम्मेदवारी दिएपछि सहमति नभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता गरे पनि नगर प्रमुख, उपप्रमुख कसैले पनि फिर्ता लिएका छैनन् । कुशे गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन् ।

१५ वैशाखमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सत्ता गठबन्धनका नेताहरुले सहमति गरे पनि उम्मेदवारले त्यो कुरा नमान्दा सहमति बिथोलिएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ४९ बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं–  पूर्वरथी बालानन्द शर्मा आज मन्त्री नियुक्त हुँदैछन् । उनलाई

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)