म्याग्दीमा ४१ जनाले फिर्ता लिए उम्मेदवारी « Khabarhub

म्याग्दीमा ४१ जनाले फिर्ता लिए उम्मेदवारी


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् ।

म्याग्दीका छवटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएकामध्ये विभिन्न पदका ४१ ले फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए।

उनका अनुसार जिल्लाभर कूल उम्मेदवारको सङ्ख्या ७१८ जना कायम भएको छ । अध्यक्ष-प्रमुखमा तीन, उपाध्यक्ष-उपप्रमुखमा पाँच, वडा अध्यक्षमा ११, महिला सदस्यमा पाँच, दलित महिला सदस्यमा चार र खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकामा २३, धौलागिरि गाउँपालिकामा पाँच, मङ्गला गाउँपालिकामा सात र रघुगङ्गा गाउँपालिकामा छ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा कसैले पनि उम्मेदवारी फिर्ता गरेनन् । जिल्लाभर पालिका अध्यक्ष-प्रमुखमा २९, उपाध्यक्ष-उपप्रमुखमा २३, वडाध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उम्मेदवारी कायम भएको छ ।

धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी बेनी नगरपालिकामा माओवादीले नगरप्रमुख र कांग्रेसले उपप्रमुखको उम्मेदवारी फिर्ता गरेर चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले धवलागिरी गाउँपालिकाबाहेक सबै स्थानीय तहमा दर्ता गराएको उम्मेदवारी फिर्ता गरेको छ ।

बेनीको मेयरको उम्मेदवारबाट माओवादीका धनलाल जैसी र नेकपा एकीकृत समाजवादीका कृष्णकुमार विश्वकर्माले मनोनयन फिर्ता लिए। उपमेयरमा नेपाली कांग्रेसका अमृतदेवी बानिया र नेकपा एकीकृत समाजवादीकी मुना बानियाले फिर्ता गरेका हुन् ।

मङ्गलामा एकीकृत समाजवादीका अध्यक्षका रुद्र किसान, उपाध्यक्षका कल्पना सापकोटा, नेशनल मङ्गोल अर्गनाजेशनका उपाध्यक्षकी भूमि पुन, बेनपा ८ को वडाध्यक्षमा राप्रपाका झलप्रसाद गौचन, बेनपा ७ मा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठलगायतले मनोनयन फिर्ता लिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : ०४ बजे

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम