पोखरा महानगरमा ११९ जनाले लिए उम्मेदवारी फिर्ता | Khabarhub Khabarhub

पोखरा महानगरमा ११९ जनाले लिए उम्मेदवारी फिर्ता


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाका ५ जना मेयर र ३ जना उपमेयरका उम्मेदवारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मयेरमा उम्मेदवारी फिर्ता लिनेमा तीन जना दलका उम्मेदवार छन् भने दुई जना स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेसका बागी उम्मेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानियाँ र राप्रपा नेपालका गोविन्द गुरुङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी उपमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी र नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । मंगोल नेशनल अर्गनाइजेसन र नेकपा माओवादी समाजवादीका उम्मेदवारहरू भने दुवै पदमा पुरुष भएका कारण फिर्ता लिएका हुन् ।

पोखरा महानगरका वडाध्यक्षमा उम्मेद्वारी दिएका ३० जनाले फिर्ता लिएका छन् । त्यसमध्ये २१ जना पार्टीबाट वडा अध्यक्षमा उम्मेदवारी दिने छन् भने ९ जना स्वतन्त्र छन् । त्यसैगरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरूले नाम फिर्ता लिएका छन् ।

कतिपय उम्मेदवार आफैले उम्मेदवारी फिर्ता लिएका छन् भने केहीलाई पार्टीले फिर्ता गराएको छ । पोखरा महानगरपालिकाको मेयर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने उपमेयरका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन् । 

अधिकांश उम्मेदवारको उम्मेद्वारी पार्टीले फिर्ता लिएको बताईएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ३० बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा