म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिन गृहमन्त्रीको खाणको निर्देशन « Khabarhub

म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिन गृहमन्त्रीको खाणको निर्देशन


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई मन्त्री खाणले निर्देशन दिएका हुन् ।

‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ। उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला’, खाणले भने ।

निर्वाचन सुरक्षाको क्रममा देखिएका चुनौतीहरू उपलब्ध स्रोत साधनको उच्चतम् प्रयोग गरेर सामना गर्न पनि मन्त्री खाणको निर्देशन छ ।

गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य लक्ष्य भएको बताए ।

उनले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिमा रहेका पदाधिकारीहरूलाई निर्वाचन सुरक्षा र निष्पक्षता कायम गराउनेगरी सुरक्षा प्रत्याभूति दिलाउन निर्देशन पनि दिए ।

सुरक्षा गोष्ठीमा प्रत्येक प्रदेशबाट एक-एक जना प्रमुख जिल्ला अधिकारीले सुरक्षा स्थितिबारे प्रस्तुतीकरण दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : ३७ बजे

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान