आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाउन श्रीलंकाली राष्ट्रपति सहमत « Khabarhub

आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाउन श्रीलंकाली राष्ट्रपति सहमत


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाली राष्ट्रपति गोताबाया रापजाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीको पदबाट हटाउन सहमत भएका छन् ।

श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राष्ट्रपति राजपाक्षेसँगको भेटपछि प्रधानमन्त्री राजपाक्षेलाई पदबाट हटाउन राजी भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीलाई समेटेर राष्ट्रिय परिषद् गठन गर्न समेत राष्ट्रपति तयार भएको उनको भनाइ छ ।

गोताबाया राजपाक्षे अघि श्रीलंकाको राष्ट्रपति रहेका सिरिसेनासहित ४० सांसदहरुले यही महिनाको शुरुमा सत्तारुढ गठबन्धन परित्याग गरेको घोषणा गरेका थिए ।

यता प्रधानमन्त्री महिन्दा राजपाक्षेका प्रवक्ता रोहन वेलिविताले भने राष्ट्रपतिबाट यस्तो किसिमको सूचना नआएको र आएको खण्डमा सार्वजनिक रुपमा घोषणा गरिने बताए ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र सरकारको विरोधमा पछिल्ला केही सातायता प्रदर्शनहरु भइरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : ४४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर