आज मातातीर्थ औँसी : श्रद्धा भक्तिका साथ मनाइयो « Khabarhub

आज मातातीर्थ औँसी : श्रद्धा भक्तिका साथ मनाइयो


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मातातीर्थ औँसी, शनिबार श्रद्धा भक्तिका साथ मनाइएको छ ।

यस दिन छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ । यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा मेला लागेको छ । मेला भर्न हजारौँको सङ्ख्यामा भक्तजनहरू मातातीर्थ पुगेका थिए । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरूले गाईवस्तुहरू चराउने मैदान थियो । उक्त स्थानमा आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन वैशाख कृष्णपक्ष औंसी थियो ।

यो कुरा अरु गाउँलेहरूले पनि थाहा पाए । गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले विभिन्न मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याएको संस्कृतिविदहरुको भनाइ छ । 

आमाप्रतिको श्रद्धापूवर्क मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरिएको छ । 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : १४ बजे

हुल बाँधेर अस्पतालमा बिरामी भेट्न जानु कति उचित ?

बिरामी भएर अस्पताल भर्ना भएका परिवार, इष्टमित्र वा साथी भाइ

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले