झापाको कचनकवलमा कांग्रेस–एमाले गठबन्धन « Khabarhub

झापाको कचनकवलमा कांग्रेस–एमाले गठबन्धन


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा स्थानीय निर्वाचनका लागि केन्द्रीय सत्ता गठबन्धनभन्दा फरक फरक फरक गठबन्धन भएको छ । केन्द्रीय गठबन्धनअनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनमा समेटिएर जान सकेनन् । तर, झापामा थरिथरि गठबन्धन पनि भएको छ ।

०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणमअनुसार झापामा राप्रपा तेस्रो शक्ति हो । यो निर्वाचनमा झापामा कतै राप्रपा हराउन गठबन्धन भएको भने कतै राप्रपासँगै गठबन्धन भएको छ । झापाको कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस–एमाले गठबन्धन भएको छ । जुन सत्ता गठबन्धनको केन्द्रीय निर्देशनविपरीत छ । कचनकवल राप्रपाको आधार राम्रो भएको गाउँपालिका हो । विगतको स्थानीय तह निर्वाचनमा राप्रपाबाट अध्यक्ष र उपाध्यक्ष नै निर्वाचित भएका थिए ।

यहाँ राप्रपाविरुद्ध कांग्रेस र एमालेले तालमेल गर्ने सहमति गरेका छन् । जसअनुसार एमालेले अध्यक्षमा कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी र उपप्रमुखमा कांग्रेसले एमालेका उपाध्यक्षका उम्मेदवार नवराज भट्टराईलाई सहयोग गर्नेछ । शुक्रबार एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गादेवी नेपालले र कांग्रेसकी सेलेतुन खातुनले उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिएकी छिन् । ‘यहाँको परिस्थिति बेग्लै छ । केन्द्रमा भएको गठबन्धनअनुसार पनि गठबन्धन गर्न खोजिएको हो । तर, सकिएन । स्थानीयको माग बमोजिम कचनकवलमा एमालेसँग तालमेल भएको हो,’ कांग्रेस कचनकवलका सभापति तुलसीराम अधिकारीले बताए ।

कचनकवलमा अध्यक्ष र उपाध्यक्षमा मात्र तालमेल भएको छ । वडामा भने आफू–आफूबीच लड्ने सहमति भएको हो ।

यो गठबन्धन औपचारिक नभएको कांग्रेस झापाले जनाएको छ । कांग्रेस झापाका एक पदाधिकारीले नाम नखुलाउने सर्तमा तालमेल गर्ने कुनै कागजी प्रमाण नभएको बताए । ‘कागजी प्रमाण केही छैन । उम्मेदवारी फिर्ता लिएको हो । आफैँ बुझ्नुहोला,’ उनले भने ।

कचनकवलमा राप्रपाविरुद्ध एमालेसँग तालमेल गर्ने कांग्रेसले दमकमा भने एमालेविरुद्ध राप्रपासँग गठबन्धन गरेको छ । माओवादी केन्द्र, राप्रपा, कांग्रेससहित भएको यो गठबन्धनलाई ‘महागठबन्धन’को नाम दिइएको छ । ‘दमकको स्थानीय आवश्यकता हो । दमकमा एमालेले विकास निर्माणमा गरेको बेथिति अन्त्य गर्नका लागि दमकमा यो गठबन्धन आवश्यक भएको हो,’ नेकपा माओवादी केन्द्रका दमक अध्यक्ष रवि बस्नेतले भने ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ०५ बजे

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका