गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन’ « Khabarhub

गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन’


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ वल्र्ड स्कुलले प्रोग्रेशिप (गुणस्तरीय) शिक्षाका लागि विदेश जान नपर्ने जनाएको छ ।

 गुणस्तरीय शिक्षा र अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जान नपर्ने र विदेश गएका नेपालीलाई समेत स्वदेश फर्काउन सफल भएको स्कुलको दाबी छ ।

स्कुलका प्रिन्सिपल केशर खुलालले १२ सय विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षा दिन काठमाडौँ वल्र्ड स्कुल सक्षम भएको बताए । शनिवार आयोजित अन्तरक्रियामा प्रिन्सिपल खुलालले १ देखि ९ कक्षासम्म मासिक ४३ हजार सात सयदेखि ४८ हजारसम्म आवासिय शिक्षा दिइरहेको बताए ।

भक्तपुर उद्योग वाणिज्य संघ र स्कुलको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले गुणस्तरीय शिक्षाका लागि अब विद्यार्थीहरू विदेश जान नपर्ने बताए । काठमाडौं वल्र्ड स्कुलको भौतिक र शैक्षिक वातावरण देख्दा अमेरिकी स्कूलभन्दा पनि राम्रो र गुणस्तरीय देखेको उनले बताए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा रहेको सो स्कुल चौधरी ग्रुपले सञ्चालनमा ल्याएको हो । देशकै नमूना विद्यालयको रुपमा स्थापना गरेको दाबी गर्दै सो विद्यालय देशका सात वटै प्रदेशमा फैलाउने तयारी रहेको आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेस झाले बताए । सरकार शिक्षा र स्वास्थ्यको जिम्मेवारीबाट पन्छिदै गएको बताउँदै उनले शिक्षामा लगानी बढाउन आग्रह गरे ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ०७ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,