तारा एअर दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, बाँकीको खोजी जारी « Khabarhub

तारा एअर दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, बाँकीको खोजी जारी


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

चालक दलका तीन सदस्यसहित २२ जना सवार तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो ।

फेला परेका शवको पहिचान गर्न नसकिने अवस्थामा छन् । संकलन गरिएका शवलाई काठमाडौं ल्याइने बताइएको छ । पोस्टमार्टम पश्चात मात्रै परिवारलाई शव बुझाइनेछ ।

मौसमको खराबीका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको खोज तथा उद्धार समन्वय केन्द्रका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

आइतबार दिनभर खोजतलास गर्दा पनि दुर्घटनास्थल पत्ता लगाउन सकिएको थिएन। सोमबारे बिहानैदेखि नेपाली सेना, एयर डाइनेष्टी, कैशाल हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरूबाट खोजतलास गरिएको थियो ।

सोही क्रममा फिस्टेल एयरको हेलिकप्टरले सानुसरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाइमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : १६ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज