वर्षाले महोत्तरी, धनुषा र सर्लाहीका किसानलाई राहत « Khabarhub

वर्षाले महोत्तरी, धनुषा र सर्लाहीका किसानलाई राहत


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट तराइँका केही जिल्लामा शुक्रबार साँझ परेको लगातारको वर्षाले राहत दिएको हो । महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा वर्षा भएको हो ।

धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई भने वर्षाले मर्नबाट बचाएको महोत्तरीका किसानको भनाइ छ । पछिल्लो वर्षाले उखु, पहेँलिँदै गरेको तरकारी र फलफूलका यसैपालि रोपिएका बिरुवालाई राहत दिएको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताए।

महोत्तरीमा यसपालि असार मध्ययता राम्ररी वर्षा नहुँदा अपेक्षित धान रोपाइँ हुन सकेको छैन। जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ।

जिल्लामा हालसम्म ५० प्रतिशतभन्दा केही बढीमात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले जनाएको छ। अब पनि राम्रो वर्षा भए खरुवन (कलम, पहिलेको रोपो गाँजिएपछि उखेलेर फेरि रोप्ने कार्य) रोप साउनभरि गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउँछन् । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीकै भरमा हुन्छ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ५५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी