अध्यक्ष प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट | Khabarhub Khabarhub

अध्यक्ष प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहाल निवास खुमटारमा शुक्रबार भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ ।
सो अवसरमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उनको भनाइ थियो । भेटमा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली सङ्घले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : १२ बजे

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा

फिल्म हल आजदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म

यी भूभागमा मध्यमदेखि भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं – एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ।