शुक्लाफाँटा निकुन्जमा पाटे बाघ दोव्वरले बढे | Khabarhub Khabarhub

शुक्लाफाँटा निकुन्जमा पाटे बाघ दोव्वरले बढे


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ। पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ ।

बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको सङ्ख्या बढेको बताइएको छ । ‘सन् २०२२ भित्रै बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता पुरा भएको छ’, उनले भने, ‘यसलाई निकै ठूलो उपलब्धिका रुपमा लिएका छौँ।’ गत वर्षको माघ २९ देखि २१ दिनसम्म स्वचालित क्यामेराको सहायताले बाघ गणनाको कार्य गरिएको थियो ।

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रका रुपमा निकुञ्ज परिचित रहेको छ । निकुञ्जमा सन् २००८ देखि बाघ गणनाको कार्य हुँदै आएको छ । सन् २००९ मा निकुञ्जमा बाघको सङ्ख्या आठ वटा मात्रै रहेको थियो । त्यो सङ्ख्या बढेर अहिले ३६ पुगेको छ ।

अघिल्लो वर्ष निकुञ्जमा १९ वटा पाटेबाघ फेला परेका थिए । सन् २०१३ मा १७, सन् २०१८मा १६ वटा पाटेबाघ देखा परेका थिए । निकुञ्जमा दुई वर्षको अवधिमा दुई वटा बाघ मृतावस्थामा फेला परेका थिए । निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : २० बजे

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय

पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको

एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं-भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने