‘हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु’ « Khabarhub

‘हृदयेन्द्रलाई राजाको रुपमा देख्न चाहन्छु’


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई एकदिन राजाको रुपमा हेर्न चाहेको बताएका छन् । 

 पारस शाह र हिमानी शाहका पुत्र शाहलाई जन्मदिनकाे शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘२१औँ जन्मदिनमा सुस्वास्थ्य, दीर्घायु, देशभक्ति, असल चरित्र र भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना !’

उनले आफ्नो २० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णत: आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले नेपाल ढिलो-चाँडो नराम्रो संकटमा फस्ने ठोकुवा गर्दै संकटका बेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ भन्ने अवस्थामा देश पुग्ने आफूले निष्कर्ष निकालेको उल्लेख गरेका छन् ।

मिश्रले पुन: लेखे, ‘यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !’

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  २ : २५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको