मापदण्ड मिचेर सेटिङमा काम हुँदै « Khabarhub

मापदण्ड मिचेर सेटिङमा काम हुँदै


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा मापदण्ड मिचेर सेटिङमा काम हुने गरेको छ । ठेक्का दिँदा होस् वा कुनै पनि सामान खरिद गर्दा अनिवार्य रुपमा सार्वजनिक खरिद ऐन बमोजिम गर्नुपर्छ । तर, अजिरकोट गाउँपालिकामा पालिकाका कर्मचारी, जनप्रतिनिधि र व्यवसायीहरू मिलेर सार्वजनिक खरिद ऐनविपरीत सेटिङमा काम गर्ने गरेको पाइएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ मा उल्लेख भएअनुसार कुनै पनि सरकारी निकायले प्रतिस्पर्धा गरेर मात्रै सामान खरिद गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले प्रचलित ऐन मिचेर सामान खरिद गरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले औँल्याएको छ । 

पालिकाले आर्थिक वर्ष २०७८/०७९ मा पूँजीगत तथा चालु किसिमका वस्तु तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन मिचेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले बजेट किताब छपाइ, योजना किताब छपाई, पशु तथा कृषि औषधि खरिद गर्दा विभिन्न चार व्यवसायीलाई कानुन मिचेर खरिद गर्न दिएको भन्दै र दिएको भुक्तानी रकम १६ लाख ८८ हजार सात सय ४८ रुपैयाँ बेरुजु देखाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  २ : ४९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको