मापदण्ड मिचेर सेटिङमा काम हुँदै « Khabarhub

मापदण्ड मिचेर सेटिङमा काम हुँदै


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा मापदण्ड मिचेर सेटिङमा काम हुने गरेको छ । ठेक्का दिँदा होस् वा कुनै पनि सामान खरिद गर्दा अनिवार्य रुपमा सार्वजनिक खरिद ऐन बमोजिम गर्नुपर्छ । तर, अजिरकोट गाउँपालिकामा पालिकाका कर्मचारी, जनप्रतिनिधि र व्यवसायीहरू मिलेर सार्वजनिक खरिद ऐनविपरीत सेटिङमा काम गर्ने गरेको पाइएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ मा उल्लेख भएअनुसार कुनै पनि सरकारी निकायले प्रतिस्पर्धा गरेर मात्रै सामान खरिद गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले प्रचलित ऐन मिचेर सामान खरिद गरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले औँल्याएको छ । 

पालिकाले आर्थिक वर्ष २०७८/०७९ मा पूँजीगत तथा चालु किसिमका वस्तु तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन मिचेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले बजेट किताब छपाइ, योजना किताब छपाई, पशु तथा कृषि औषधि खरिद गर्दा विभिन्न चार व्यवसायीलाई कानुन मिचेर खरिद गर्न दिएको भन्दै र दिएको भुक्तानी रकम १६ लाख ८८ हजार सात सय ४८ रुपैयाँ बेरुजु देखाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  २ : ४९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना