ट्राफिक प्रहरी कार्यालय बैतडीद्वारा २१ लाख राजस्व संकलन  « Khabarhub

ट्राफिक प्रहरी कार्यालय बैतडीद्वारा २१ लाख राजस्व संकलन 


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – सवारी दुर्घटनामा परेर बैतडीमा एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा पाँच जिप, तीन मोटरसाइकल, दुई ट्रयाक्टर, एक बस, एक टिप्पर र एक मिनिट्रक दुर्घटनामा परेका छन् । ती सवारी दुर्घटनामा १५ पुरुष, पाँच महिला र चार बालकको ज्यान गएको हो ।  

यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका हुन् । ट्राफिक नियमको पालना नहुनु, कच्ची सडक लगायतका कारणले सवारी दुर्घटना हुने गरेको जनाइएको छ । यसैबीच गएको एक वर्षमा ट्राफिक प्रहरीले बैतडीमा तीन हजार आठ सयभन्दा बढी सवारी साधनहरूलाई कारबाही गरेको छ । गत आव २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार आठ सय २६ सवारी साधनलाई कारबाही गरिएको हो  ।

ट्राफिक नियम उल्लङ्घन  गर्ने चार सय १५ ट्रक/ट्याङ्कर, ६४ बस, दुई हजार ९३ जीप, कार र भ्यान कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामसिंह भण्डारीले बताए । 

यस्तै तीन सय दुई ट्याक्टर, सात सय ७२ मोटरसाइकल र एक सय ४० अन्य सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तीव्र गति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लङ्घन गर्ने सवारी साधन  कारबाहीमा परेका बताइएको छ । सवारीसाधन कारबाहीबाट २१ लाख १८ हजार राजस्व संकलन भएको  छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ३ : ०३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि