आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाए मात्र तालमेल हुन्छ: प्रचण्ड « Khabarhub

आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाए मात्र तालमेल हुन्छ: प्रचण्ड


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोश्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने बताएका छन । शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई कांग्रेसले दोश्रो बनाउन सहयोग गरेमात्र तालमेल सहज हुने र त्यस्तो हुन नसके तालमेल सहज हुन नसक्ने बताएका हुन् ।

आफूले कांग्रेसका नेताहरूसंग कुरा गर्दा आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाउनका लागि नेतृत्व तहमा समझदारी बनेको र स्थानीय तह जस्तो नहुने उनको भनाई छ । प्रचण्डले आगामी निर्वाचन आफ्नो अन्तिम इनिङ्ग्स हुन सक्ने भन्दै पछि सम्मको सन्ततिलाई सम्झने गरि देशलाई समृद्धिको दिशातर्फ लैजाने आफ्नो इच्छा रहेको धारणा राखे ।

उनले आगामी निर्वाचन स्थानीय तह भन्दा राम्रो नतिजा ल्याएर देशको बागडोर नै सम्हाल्ने गरि जानुपर्ने बताए । स्थानीय चुनावबाट माओवादी भनेको माओवादी केन्द्रमात्र भएको पुष्टि भएको भन्दै प्रचण्डले मोहन वैद्य नेतृत्वको माओवादी, बिप्लव माओवादीको कुनै अर्थ नरहेको र बाबुराम माओवादी नै नभएको तर्क गरे ।

प्रचण्डले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरि मिति तोक्ने सम्भावना रहेको भन्दै तीन महिनामा माओवादीलाई बलियो बनाउने गरि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको दावी गर्दै प्रचण्डले समावेशी, समानुपातिक प्रणाली माओवादी कै कारण सम्भव भएको बताए । 

त्यस्तै प्रचण्डले मुलुकमा बलियो कम्युनिष्ट पार्टी बनाउनका लागि अघि बढेपनि केही व्यक्तिको स्वार्थका कारण सफल हुन नसकेको जिकिर गरे । उनले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको र गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : ५७ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।