आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाए मात्र तालमेल हुन्छ: प्रचण्ड | Khabarhub Khabarhub

आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाए मात्र तालमेल हुन्छ: प्रचण्ड


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोश्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने बताएका छन । शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई कांग्रेसले दोश्रो बनाउन सहयोग गरेमात्र तालमेल सहज हुने र त्यस्तो हुन नसके तालमेल सहज हुन नसक्ने बताएका हुन् ।

आफूले कांग्रेसका नेताहरूसंग कुरा गर्दा आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाउनका लागि नेतृत्व तहमा समझदारी बनेको र स्थानीय तह जस्तो नहुने उनको भनाई छ । प्रचण्डले आगामी निर्वाचन आफ्नो अन्तिम इनिङ्ग्स हुन सक्ने भन्दै पछि सम्मको सन्ततिलाई सम्झने गरि देशलाई समृद्धिको दिशातर्फ लैजाने आफ्नो इच्छा रहेको धारणा राखे ।

उनले आगामी निर्वाचन स्थानीय तह भन्दा राम्रो नतिजा ल्याएर देशको बागडोर नै सम्हाल्ने गरि जानुपर्ने बताए । स्थानीय चुनावबाट माओवादी भनेको माओवादी केन्द्रमात्र भएको पुष्टि भएको भन्दै प्रचण्डले मोहन वैद्य नेतृत्वको माओवादी, बिप्लव माओवादीको कुनै अर्थ नरहेको र बाबुराम माओवादी नै नभएको तर्क गरे ।

प्रचण्डले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरि मिति तोक्ने सम्भावना रहेको भन्दै तीन महिनामा माओवादीलाई बलियो बनाउने गरि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको दावी गर्दै प्रचण्डले समावेशी, समानुपातिक प्रणाली माओवादी कै कारण सम्भव भएको बताए । 

त्यस्तै प्रचण्डले मुलुकमा बलियो कम्युनिष्ट पार्टी बनाउनका लागि अघि बढेपनि केही व्यक्तिको स्वार्थका कारण सफल हुन नसकेको जिकिर गरे । उनले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको र गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : ५७ बजे

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र

मोरङ– सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा