पशुपति चौलागाईँ स्मृति अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन « Khabarhub

 पशुपति चौलागाईँ स्मृति अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरिकोट– दोलखाको भीमेश्वर नगरपालिकामा रहेको बागमती प्रदेशअन्तर्गतको पशुपति चौलागाईँ स्मृति अस्पतालमा विशेषज्ञसहित शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । कर्मचारीको करार अवधि नवीकरण नभएपछि साउन १ गतेदेखि शल्यक्रिया सेवा बन्द भएकामा विशेषज्ञसहित चिकित्सकको टोली काममा फर्केपछि फेरि शल्यक्रियासहित विशेषज्ञ सेवा सञ्चालन भएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिए ।

बागमती प्रदेशअन्तर्गतको ५० शय्या क्षमताको पशुपति चौलागाईँ स्मृति अस्पतालमा करारका कर्मचारीको म्याद नथप्ने प्रदेश स्वास्थ्य मन्त्रालयको पत्रपश्चात अस्पतालको सामान्यबाहेक अन्य सेवा बन्द थियो । अस्पतालमा अर्थाभाव देखाउँदै कर्मचारी कटौती गरे पनि अस्पताललाई निक साइमन नामक संस्थाले सहयोग गर्ने भएपछि एमजीडिपी चिकित्सक विनोद दङ्गालसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा आएसँगै शल्यक्रिया सेवा सञ्चालनमा आएको हो ।

अस्पतालमा दुई दिनको अवधिमा ११ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालले हालसम्म सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । पशुपति चौलागाईँ स्मृति अस्पतालले हाल मातृशिशु कार्यक्रमअन्तर्गत प्रसूति सेवा, हर्निया, पेनड्राइभलगायतका शल्यक्रिया गर्दै आएको छ ।

पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतालमा ७२ कर्मचारी कार्यरत रहेकामा नौ स्थायी स्वास्थ्यकर्मी रहेकामा दुई जना अध्ययन बिदामा रहेका छन् । ६३ जना करारका कर्मचारीको म्याद नवीकरण नभएपछि अस्पतालको सेवा बन्द भएको थियो ।

दैनिक २४ घण्टा सञ्चालन हुने उक्त अस्पतालमा कुनै पनि व्यवस्था नगरी एकैपटक ६३ कर्मचारीको म्याद थप नहुँदा अस्पतालबाट प्रदान गरिने सेवा प्रभावित बनेको थियो । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी न्यौपानेले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ३१ बजे

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम