पशुपति चौलागाईँ स्मृति अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन « Khabarhub

 पशुपति चौलागाईँ स्मृति अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरिकोट– दोलखाको भीमेश्वर नगरपालिकामा रहेको बागमती प्रदेशअन्तर्गतको पशुपति चौलागाईँ स्मृति अस्पतालमा विशेषज्ञसहित शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । कर्मचारीको करार अवधि नवीकरण नभएपछि साउन १ गतेदेखि शल्यक्रिया सेवा बन्द भएकामा विशेषज्ञसहित चिकित्सकको टोली काममा फर्केपछि फेरि शल्यक्रियासहित विशेषज्ञ सेवा सञ्चालन भएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिए ।

बागमती प्रदेशअन्तर्गतको ५० शय्या क्षमताको पशुपति चौलागाईँ स्मृति अस्पतालमा करारका कर्मचारीको म्याद नथप्ने प्रदेश स्वास्थ्य मन्त्रालयको पत्रपश्चात अस्पतालको सामान्यबाहेक अन्य सेवा बन्द थियो । अस्पतालमा अर्थाभाव देखाउँदै कर्मचारी कटौती गरे पनि अस्पताललाई निक साइमन नामक संस्थाले सहयोग गर्ने भएपछि एमजीडिपी चिकित्सक विनोद दङ्गालसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा आएसँगै शल्यक्रिया सेवा सञ्चालनमा आएको हो ।

अस्पतालमा दुई दिनको अवधिमा ११ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालले हालसम्म सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ । पशुपति चौलागाईँ स्मृति अस्पतालले हाल मातृशिशु कार्यक्रमअन्तर्गत प्रसूति सेवा, हर्निया, पेनड्राइभलगायतका शल्यक्रिया गर्दै आएको छ ।

पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतालमा ७२ कर्मचारी कार्यरत रहेकामा नौ स्थायी स्वास्थ्यकर्मी रहेकामा दुई जना अध्ययन बिदामा रहेका छन् । ६३ जना करारका कर्मचारीको म्याद नवीकरण नभएपछि अस्पतालको सेवा बन्द भएको थियो ।

दैनिक २४ घण्टा सञ्चालन हुने उक्त अस्पतालमा कुनै पनि व्यवस्था नगरी एकैपटक ६३ कर्मचारीको म्याद थप नहुँदा अस्पतालबाट प्रदान गरिने सेवा प्रभावित बनेको थियो । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी न्यौपानेले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : ३१ बजे

नयाँ रास्वपालाई सुमनाको शुभकामना

काठमाडौं– सुमना श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ रास्वपालाई शुभकामना दिएकी

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि