ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीलाई उद्योग सचिवको आह्वान « Khabarhub

ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीलाई उद्योग सचिवको आह्वान


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीलाई आह्वान गरेका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २७ औं साधारणसभाको शनिबार भक्तपुरमा उद्घाटन गर्दै सचिव पोखरेलले ग्रिलको महत्त्व अत्यधिक रहेकोले ग्राम आवश्यक भएको औँल्याए । 

‘अब तपाइहरूले हामी यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर भन्नेभन्दा पनि यो हाम्रो ठाउँ हो । यहाँ हामी बस्छौँ भनी अधिकार स्थापित गर्नुपर्‍यो’ उनले भने, ‘जुन ठाउँमा एक दुई सय स्टिल उद्योगहरू एक ठाउँमा होस् ।’ कार्यक्रममा उनले उत्कृष्ट ग्रिलका उत्कृष्ट इकाईलाई सम्मान पनि गरेका थिए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाललगायतले ग्रिल व्यवसायीका समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराए । उनीहरूले ग्रिल व्यवसायीको हितलाई सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ५९ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक