ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीलाई उद्योग सचिवको आह्वान « Khabarhub

ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीलाई उद्योग सचिवको आह्वान


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीलाई आह्वान गरेका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २७ औं साधारणसभाको शनिबार भक्तपुरमा उद्घाटन गर्दै सचिव पोखरेलले ग्रिलको महत्त्व अत्यधिक रहेकोले ग्राम आवश्यक भएको औँल्याए । 

‘अब तपाइहरूले हामी यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर भन्नेभन्दा पनि यो हाम्रो ठाउँ हो । यहाँ हामी बस्छौँ भनी अधिकार स्थापित गर्नुपर्‍यो’ उनले भने, ‘जुन ठाउँमा एक दुई सय स्टिल उद्योगहरू एक ठाउँमा होस् ।’ कार्यक्रममा उनले उत्कृष्ट ग्रिलका उत्कृष्ट इकाईलाई सम्मान पनि गरेका थिए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाललगायतले ग्रिल व्यवसायीका समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराए । उनीहरूले ग्रिल व्यवसायीको हितलाई सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ५९ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार