अवैध सामानसहित तीन जना भारतीय पक्राउ « Khabarhub

अवैध सामानसहित तीन जना भारतीय पक्राउ


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका–५शम्भुनाथ नगरपालिका–१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

भन्सार छली अवैधरूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई फेला पारेको हो ।

 पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ०१ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका