सिरिसेमा विद्यालय बनेपछि बालबालिकालाई सहज « Khabarhub

सिरिसेमा विद्यालय बनेपछि बालबालिकालाई सहज


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याङलुङ– स्थानीयको जनश्रमदानमा तेह्रथुमको लालीगुराँस नगरपालिका–५ सिरिसेमा विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवन निर्माण गर्न नगरपालिकाले दुई लाख ५० हजार विनियोजन गरेको थियो । सो रकमले अपुग भएपछि स्थानीयले जनश्रमदान गरी सिरिजङ्गा आधारभूत विद्यालयको भवन निर्माण भएको हो । 

विद्यालय स्थापनाका लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गरेपछि विद्यालय भवन निर्माण भएको हो । सिरिसेमा विद्यालय भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु भएको छ । बाल कक्षामा २० विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताए ।

बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौँ लामो बाटो हिँडेरै विद्यालय जान बाध्य थिए । तर गाउँमै विद्यालय भवन बनेर पढाइ सुरु भएपछि यहाँका बालबालिकालाई सहज भएको छ । विद्यालय स्थापनासँगै आधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गर्ने तयारी भइरहेको नगरपालिकाका नगरप्रमुख अर्जुन माबोहाङले बताए । 

विद्यालयमा बालबालिकालाई कम्प्युटर शिक्षाका साथै दृश्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ०५ बजे

विमानस्थल बन्यो, जहाज उड्ने टुङ्गो छैन

बागलुङ– बागलुङस्थित बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति  

न्युयोर्क– एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण र सुशासन

लामो प्रतिक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारत भ्रमणमा छन्।

एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि