उर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग « Khabarhub

उर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिए।

अहिले गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा बसेका प्रभावितले कष्टपूर्ण दैनिकी बिताइरहनुपरेको छ । पहिरो गए लगत्तै वडा कार्यालय र गाउँपालिकाले त्रिपाल, टेण्टलगायतका सामग्री उपलब्ध गराएको थियो । तत्कालै अन्यत्र सरेर बसेका प्रभावित स्थायी रूपमै स्थानान्तरण हुन चाहन्छन् ।

उर्लेनीको बिसौनीबाट साप्रेसम्म करिब पाँच सय मिटर लामो पहिरो खस्दा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको हो । तत्कालै २१ घर मात्र उच्च जोखिममा रहे पनि सिङ्गो गाउँ नै पहिराको जोखिममा रहेको तामाङले बताए। पहिराले बस्ती मात्र होइन, तालामाराङ खोला आसपासका सयौँ रोपनी खेतीयोग्य जमिनसमेत जोखिममा छन् ।

हेलम्बु गाउँपालिका–५ मा पहिरो गएपछि दैनिक खोला बाढी आउने र मेलम्ची नगरपालिका–६ का नदी तटीय क्षेत्रका खेत धमाधम कटान भइरहेको स्थानीय सानोकान्छा तामाङले जानकारी दिए। यसका कारण केही बस्ती र खेतीयोग्य जमिन थप उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । पहिरो प्रभावितसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै वडाध्यक्ष दीपकुमार तामाङले प्रभावितको माग र आवश्यकताका आधारमा गाउँपालिका र अन्य निकायसँग स्थानान्तरणसँगै स्थायी आवास निमार्णका लागि पहल गर्ने बताए।

उनले गाउँपालिकाको स्रोतले मात्रै नभ्याउने भन्दै प्रदेश र केन्द्र सरकारसँग पटक–पटक आग्रह गर्दा कुनै चासो नदिएकोप्रति गुनासो गरे। गाउँपालिकाका अध्यक्ष निमन ग्याल्जेन शेर्पाले पहिराको उच्च जोखिममा रहेका स्थानको पहिचान गरी आगामी दिनमा स्थानान्तरणका लागि विज्ञसहितको टोलीलाई अध्ययन गर्न लगाउने बताए।

आगामी दिनमा गाउँपालिकाबाट गर्नुपर्ने र गर्न सक्ने काम गर्न गाउँपालिका तयार रहेको अध्यक्ष शेर्पाले बताए। पहिराको जोखिम कायममै रहेकाले आवश्यक सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : १४ बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि