नेप्सेमा झिनो अङ्कको सुधार « Khabarhub

नेप्सेमा झिनो अङ्कको सुधार


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३३ अङ्कले उकालो लागेर एक हजार नौ सय ९५ दशमलव ३४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४९ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ९५ मा पुगेको छ ।

कूल दुई सय २० कम्पनीको २९ लाख १४ हजार पाँच सय पाँच कित्ता शेयर रु एक अर्ब एक करोड ९५ लाख १६ हजार छ सय ९६ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ६० अर्ब ११ करोड आठ लाख बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ शून्य दशमलव ७६, होटेल तथा पर्यटन चार दशमलव ८१, जलविद्युत् १८, वित्त १० दशमलव नौ, निर्जीवन बीमा छ दशमलव ३७ र जीवन बीमा दुई दशमलव ३६ अङ्कले ओरालो लागेको छ ।

यस्तै, व्यापार एक दशमलव ५७, विकास बैंक छ दशमलव २३, उत्पादन ११ दशमलव ७३, अन्य ३३ दशमलव ८२, लघुवित्त चार दशमलव २७, सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई र लगानी शून्य दशमलव १९ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ५७ लाख ७२ हजार पाँच सय ७५ बराबरको कारोबार भयो । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रु छ करोड ३९ लाख एक हजार तीन सय १०, नबिल बैंक रु चार करोड ४९ लाख ९२ हजार पाँच सय ५५, रिडी हाइड्रोपावर रु दुई करोड ९९ लाख छ हजार छ सय १० र हिमाल दोलखा हाइड्रोपावर रु दुई करोड १२ लाख ६० हजार आठ सय ५१ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार, अप्पर हेवाखोला हाइड्रापावर आठ दशमलव  ४५, नबिल ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ३२, ग्लोबल आइएमई समुन्नतत स्किम एक तीन दशमलव ३४ इमर्जिङ नेपाल तीन दशमलव ३४ र लक्षमी उन्नती कोषका लगानीकर्ताले तीन दशमलव ३४ प्रतिशतले कमाएका छन् । त्यस्तै, विन नेपाल लघुवित्त चार दशमलव ७७, एनआइसी एशिया ग्रोथ फण्ड चार दशमलव शून्य तीन, मल्टीप्रपोज फाइनान्स कम्पनी तीन दशमलव ४३, आरबीबी म्युचुअल फण्ड एक तीन दशमलव ४३ र समता घरेलु लघुबित्तका लगानीकर्ताले तीन दशमलव २५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : २५ बजे

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : निर्वाचन आयुक्त भण्डारी

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले

कांग्रेसले भन्यो : असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस उम्मेदवारहरूमाथि दुर्व्यवहार र

निर्वाचन सुरक्षार्थ विभिन्न जिल्ला जाँदै नेपाल प्रहरी (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

दमक- राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा