नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य « Khabarhub

नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य


१४ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले अन्तिम तथा निर्णायक मानिएको टी–२० मा घरेलु टोली केन्यालाई १ सय ७६ रनको उच्च लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखानामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटगुमाएर केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, नेपालका ओपनर अर्जुन साउदले २९ रन बनाए । मल्ल र साउदले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । रोहित पौडेलले २५ बलमा ४७ रनको स्कोर बनाएका थिए ।

केन्याका लागि नेहेमिया ओडिम्बो, सेम गोचे र भ्राज पटेलले समान २–२ विकेट लिए । यसअघि भएका चार टी–२० मा दुबै टिमले २–२ खेलमा जित निकाल्दै बराबरीको अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ५ : ५४ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको