थामी समुदायमा अझै रोकिएन बालविवाह « Khabarhub

थामी समुदायमा अझै रोकिएन बालविवाह


१४ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रामेछाप– नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन । विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन छ । अभिभावकको सहमतिमा १८ वर्ष र अभिभावकको सहमतिबिना २० वर्षभन्दा कम उमेरमा विवाह गरेमा बालविवाह मानिन्छ । कानूनले विवाहका लागि उमेर हद तोके पनि रामेछापको दोरम्बा गाउँपालिका–१ को थामी समुदायमा १३/१४ वर्षकै उमेरमा विवाह गर्ने चलन छ । थामी समुदायका बालबालिकाले माध्यमिक तहसम्मको शिक्षा पनि प्राप्त गर्न सकेका छैनन् । त्यसैले उनीहरूको चेतनास्तरमाथि उठ्न सकेको छैन । 

आफ्नो निर्णय गर्न सक्ने क्षमता र बालविवाह गर्दा हुने बेफाइदाका बारेमा आफ्ना अभिभावकलाई बुझाउन नसक्दा उनीहरूमा बुबाआमाले भनेको मान्नैपर्ने बाध्यकारी अवस्था छ । मुस्किलले प्राथमिक तहसम्मको अध्ययन गर्ने गरेका सो समुदायका बालबालिकाको सानै उमेरमा विवाह भएपछि विद्यालय छाड्ने दर पनि बढ्दै गएको छ । विवाहपछि अभिभावकले विद्यालय नपठाउने र काममा खटाउने गरेको स्थानीय डिकबहादुर थामीले बताए। थामी समुदायमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ०६ बजे

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको