भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, को-को कलाकार आउँदैछन्? « Khabarhub

भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, को-को कलाकार आउँदैछन्?


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुन लागेको छ। हालै मात्रै स्थापित सामाजिक संस्था लायन्स क्लब अफ लिगेसीले १७ कात्तिकबाट प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९ आयोजना गर्न लागेको हो।

संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाको प्रस्फुटनसँगसँगै विशेषज्ञ स्वास्थ्य सेवाका साथ २७ कात्तिकसम्म भैरहवाको हनुमान मन्दिर पसिरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए।

मेलामा राष्ट्रिय, स्थानीय कलाकारका साथै चर्चित भोजपुरी गायकहरूको प्रस्तुति रहने छ। मेलाको मुख्य आकर्षणको रूपमा गायक दुर्गेश थापा, प्रकाश सपुत, प्रीति आले, कर्णराज गिरी, मोडल करिश्मा ढकाल, प्रीति पासवान, डान्सर बबिता धिताल, भोजपुरी स्टार गायक रितेश पाण्डे, सिल्पी राज, समर सिंहलगायतका रहने  छन्। सो अवसरमा कुस्ती प्रतियोगिता पनि हुने कार्यक्रम संयोजक राजन शुक्लाले जानकारी दिए।

महोत्सवमा दैनिक डान्स आइडल पनि हुनेछ। स्थानीयको सहभागितामा हुने आइडलमा प्रथम हुनेलाई ३० हजार ५ सय ५५ रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार ५ सय ५५, तृतीयलाई १० हजार ५ सय ५५ र पाँच हजार ५ सय ५५ रुपैयाँको सान्त्वना पुरस्कार राखिएको छ।

बालबालिका तथा युवाहरुको मुख्य आकर्षण रूपमा रहँदै आएको बाल उद्यान, स्थानीय उत्पादन, कृषि, उद्योग, व्यापार, गार्मेन्ट र रेष्टुरेन्टलगायतको ५० वटा स्टल राखिने छ। ५० हजार अवलोकनकर्ता सहभागी गराउने लक्ष्यसहित प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : ०८ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि