भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, को-को कलाकार आउँदैछन्? « Khabarhub

भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुँदै, को-को कलाकार आउँदैछन्?


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भैरहवा – भैरहवामा पहिलो पटक सांस्कृतिक महोत्सव हुन लागेको छ। हालै मात्रै स्थापित सामाजिक संस्था लायन्स क्लब अफ लिगेसीले १७ कात्तिकबाट प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९ आयोजना गर्न लागेको हो।

संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाको प्रस्फुटनसँगसँगै विशेषज्ञ स्वास्थ्य सेवाका साथ २७ कात्तिकसम्म भैरहवाको हनुमान मन्दिर पसिरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए।

मेलामा राष्ट्रिय, स्थानीय कलाकारका साथै चर्चित भोजपुरी गायकहरूको प्रस्तुति रहने छ। मेलाको मुख्य आकर्षणको रूपमा गायक दुर्गेश थापा, प्रकाश सपुत, प्रीति आले, कर्णराज गिरी, मोडल करिश्मा ढकाल, प्रीति पासवान, डान्सर बबिता धिताल, भोजपुरी स्टार गायक रितेश पाण्डे, सिल्पी राज, समर सिंहलगायतका रहने  छन्। सो अवसरमा कुस्ती प्रतियोगिता पनि हुने कार्यक्रम संयोजक राजन शुक्लाले जानकारी दिए।

महोत्सवमा दैनिक डान्स आइडल पनि हुनेछ। स्थानीयको सहभागितामा हुने आइडलमा प्रथम हुनेलाई ३० हजार ५ सय ५५ रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार ५ सय ५५, तृतीयलाई १० हजार ५ सय ५५ र पाँच हजार ५ सय ५५ रुपैयाँको सान्त्वना पुरस्कार राखिएको छ।

बालबालिका तथा युवाहरुको मुख्य आकर्षण रूपमा रहँदै आएको बाल उद्यान, स्थानीय उत्पादन, कृषि, उद्योग, व्यापार, गार्मेन्ट र रेष्टुरेन्टलगायतको ५० वटा स्टल राखिने छ। ५० हजार अवलोकनकर्ता सहभागी गराउने लक्ष्यसहित प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : ०८ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा