गृहमन्त्री खाणद्वारा संकल्पपत्र सार्वजनिक « Khabarhub

गृहमन्त्री खाणद्वारा संकल्पपत्र सार्वजनिक


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्रीसमेत रहेका रुपन्देही- ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरुलाई जोड दिइएको छ ।

पहिलो बुँदामा नै भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने भनिएको छ । त्यस्तै, सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडक पूर्वाधार, कारागार स्थानान्तरण, अटोभिलेज व्यवस्थापन, कृषि, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुद लगायतका विषय संकल्पपत्रमा छन् ।

सिद्धार्थनगरभन्दा बाहिर रहेका विषयलाई पनि सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक सेजमा विद्युतीय सबस्टेशन निर्माण तथा व्यवस्थित संचालनका लागि नितिगत निर्णय गर्ने, पोखरा सम्मको सिद्धार्थ राजमार्गलाई स्तारोन्नती गर्ने, मर्चवारदेखि मुस्ताङ सडक निर्माणलाई विशेष रुपमा प्रारम्भ गर्न पहल गर्ने, भारतले निर्माण गर्ने एकिकृत भन्सार प्रणाली तत्काल निर्माण प्रारम्भ गर्ने लगायतका प्रतिबद्धताहरु संकल्प पत्रमा निर्वाचित भएपछि पूरा गर्ने उल्लेख छ ।

संकल्पपत्र सार्वजनिक कार्यक्रममा गठबन्धनलाई राष्ट्रिय जनमुक्ति पार्टीले पनि सहयोग गर्ने गरि समर्थन गरेको छ । गृहमन्त्रीको प्रतिस्पर्धीको रुपमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवार मोजिब अलीले खाणलाई समर्थन गर्दै तालमेल गरेको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ५ : ०२ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि