निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न सक्दैन : मोहनबहादुर बस्नेत « Khabarhub

निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न सक्दैन : मोहनबहादुर बस्नेत


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समिति/मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलामा बस्नेतले अहिले मुलुक गठबन्धनमय बनेकाले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले गठबन्धनको सरकार बनेपछि यसअघिको गल्तीलाई सुधार गर्दै जनतासँग गरेको प्रतिबद्धता पुरा गर्नुपर्ने धारणा राखे । बस्नेतलाई मुलुकलाई अधिनायकवाद र भ्रष्टाचारबाट मुक्त गर्नका लागि गठबन्धन अपरिहार्य रहेको बताए ।

त्यस्तै बस्नेतले अर्को पटक समेत गठबन्धन बाहेकले चुनाव जित्न नसक्ने गरि काम गरेर देखाउनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ५ : ०५ बजे

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले