रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ : रामचन्द्र पौडेल « Khabarhub

रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ : रामचन्द्र पौडेल


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्नु पहिलो प्राथमिकता रहेको बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिकास्थित कालीमाटीमा आज घरदैलो गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारी र आम्दानी अबको प्राथमिकता रहेको बताए । “गाउँ गाउँमा बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको सुविधा पुगिसकेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ”, पौडेलले भने ।

विगतमा सेवा सुविधाको खोजीमा जनताहरु गाउँ छाडेर शहरमा बसाइसराइ गरेको चर्चा गर्दै पौडेलले सेवासुविधा पुगेपछि अब गाउँमै बस्न आग्रह गरे । “राजनीति जागिर नभई सेवा भएकाले जनताको सेवाका लागि नै राजनीति गर्दै आएका हौँ”, पौडेलले भने, “जनताका हरेक समस्या समाधानका लागि प्रतिबद्ध छौँ ।”

तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ का लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमानले नेपाल अनुकूलको विकासका लागि वर्तमान गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए । वरिष्ठ नेता पौडेलले शुक्रबारदेखि पुनः घरदैलो अभियान सुरु गगरेका छन् । पौडेलले व्यास नगरपालिका–३ शान्तिनगर, देवघाट गाउँपालिका–१ र २ को बैदी, खाल्टे, कोटा लगायतमा घरदैलो सम्पन्न गरेका छन् ।

पौडेलले कात्तिक १४ गतेसम्म देवघाट, १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुरका विभिन्न ठाउँमा घरदैलो गर्नेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ७ : ४० बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र