बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त हुन्न : मन्त्री साह | Khabarhub Khabarhub

बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त हुन्न : मन्त्री साह


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताएकी छिन् ।

रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई बाराको कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताइन् । जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको उनको बुझाइ छ ।

शिक्षक तथा प्राध्यापकहरुले पठनपाठनमा भन्दा राजनीतिमा बढी समय दिँदा प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त हुन नसकेको उनले आरोप लगाइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले गुणस्तरीय शिक्षाका लागि आफू क्याम्पसलाई सहयोग गर्न तयार रहेको बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपा एमालेका सचिव अध्यानन्द पाण्डेय, क्याम्पस प्रमुख रविभूषण कुसवाहा, सञ्चालक समितिका उपाअध्यक्ष जङ्गबहादुर चौरसिया, प्रध्यापक अमित मिश्र लगायतले क्याम्पसको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : ३७ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर