बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त हुन्न : मन्त्री साह « Khabarhub

बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त हुन्न : मन्त्री साह


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताएकी छिन् ।

रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई बाराको कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताइन् । जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको उनको बुझाइ छ ।

शिक्षक तथा प्राध्यापकहरुले पठनपाठनमा भन्दा राजनीतिमा बढी समय दिँदा प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त हुन नसकेको उनले आरोप लगाइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले गुणस्तरीय शिक्षाका लागि आफू क्याम्पसलाई सहयोग गर्न तयार रहेको बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपा एमालेका सचिव अध्यानन्द पाण्डेय, क्याम्पस प्रमुख रविभूषण कुसवाहा, सञ्चालक समितिका उपाअध्यक्ष जङ्गबहादुर चौरसिया, प्रध्यापक अमित मिश्र लगायतले क्याम्पसको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ३ : ३७ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक