रोमान्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा « Khabarhub

रोमान्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिका कप अफ नेशन्स अन्गर्तगत गएराति भएको खेलमा मोरक्कोलाई पराजित गर्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वाटरफाइनल अन्तर्गत मोरक्कोसँग भएको खेलमा आइतबार राति इजिप्टले २–१ को जित दर्ता गरेको हो।
खेलको अतिरिक्त समयमा जित निकाल्दै इजिप्ट सेमिफाइनल पुगेको हो।

रोमान्चक खेलमा मोरक्कोको सुरुवाती अग्रतालाई उल्टाएर इजिप्टले जित निकालेको हो। खेलको छैटौं मिनेटमा मोरक्कोका सोफियन बाउफलले पेनाल्टी गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता लिएको मोरक्कोले दोस्रो हाफमा बराबरी गोल खायो। खेलको ५३ औं मिनेटमा कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई १–१ गोलको बराबरीमा फर्काए।

निर्धारित ९० मिनेटको समयसम्म दुवैतर्फबाट गोल हुन सकेन्। निर्धारित समयमा गोल हुन नसक्दा अतिरिक्त समयमा इजिप्टका लागि महमुद अहमेद इब्राहिम हसनले गोल गरेका हुन्। अतिरिक्त समयको एक सय मिनेटमा हसनले गरेको गोल इजिप्टका लागि निर्णायक बन्यो।

सेमिफाइनलमो इजिप्टको भेट आयोजक क्यामरुनसँग हुनेछ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र