रोमान्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा « Khabarhub

रोमान्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिका कप अफ नेशन्स अन्गर्तगत गएराति भएको खेलमा मोरक्कोलाई पराजित गर्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वाटरफाइनल अन्तर्गत मोरक्कोसँग भएको खेलमा आइतबार राति इजिप्टले २–१ को जित दर्ता गरेको हो।
खेलको अतिरिक्त समयमा जित निकाल्दै इजिप्ट सेमिफाइनल पुगेको हो।

रोमान्चक खेलमा मोरक्कोको सुरुवाती अग्रतालाई उल्टाएर इजिप्टले जित निकालेको हो। खेलको छैटौं मिनेटमा मोरक्कोका सोफियन बाउफलले पेनाल्टी गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता लिएको मोरक्कोले दोस्रो हाफमा बराबरी गोल खायो। खेलको ५३ औं मिनेटमा कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई १–१ गोलको बराबरीमा फर्काए।

निर्धारित ९० मिनेटको समयसम्म दुवैतर्फबाट गोल हुन सकेन्। निर्धारित समयमा गोल हुन नसक्दा अतिरिक्त समयमा इजिप्टका लागि महमुद अहमेद इब्राहिम हसनले गोल गरेका हुन्। अतिरिक्त समयको एक सय मिनेटमा हसनले गरेको गोल इजिप्टका लागि निर्णायक बन्यो।

सेमिफाइनलमो इजिप्टको भेट आयोजक क्यामरुनसँग हुनेछ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ५ : ३१ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु